Schedule

When & where

common.venue

Just Futures Pahal

Starts: Jun 8, 2025 · 05:30 PM

This event has ended.

About

About this event

यही जुन ८ तारिख (जेठ २५ गते) का दिन सुभाष दर्नालको जन्मदिनको अवसरमा उहाँको स्मृति र सम्मानमा आयोजित सार्वजनिक कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध छ । यो वार्षिक कार्यक्रमले जात व्यवस्थाको मुद्दामा नयाँ प्रश्न उठाउन र न्यायपूर्ण भविष्यहरूको कल्पना गर्न प्रेरित गर्दै नयाँ वैचारिकी सिर्जनामा सघाउने लक्ष्य राखेको छ ।

सुभाष दर्नाल (सन् १९८०-२०११) नेपालभित्र र बाहिरको समाजमा जात र सामाजिक न्यायको बहसमा गहिरो प्रभाव गर्ने दूरदर्शी अगुवा हुनुहुन्थ्यो । आफ्नो छोटो र प्रेरणादायी जीवनमा उहाँ जात व्यवस्थालाई नेपाली समाजको मूल आधारको रुपमा यथार्थ स्थापित गर्न र दलित समुदायहरूबाट ज्ञान उत्पादन र अनुसन्धानको काम अगाडि बढाउन निक्कै सक्रिय हुनुहुन्थ्यो । विशेष गरी दलित विचारक र अगुवाहरूको नयाँ पुस्तामा लगानी गरेर न्यायपूर्ण र समावेशी लोकतान्त्रिक समाज निर्माण गर्नमा साँचो अर्थमा परम्परागत सोचभन्दा बाहिर सोच्ने उहाँको क्षमताले उदाहरणीय काम गरेको छ ।

यही सपनाका साथ जस्ट फ्युचर्स पहल (जेएफपी) ले थालनी गरेको नयाँ निर्भीक पोडकास्टको नाम होः  “कसको भाष्य?” आफ्ना सहकर्मी र फेलोहरूसँग मिलेर जेएफपीका निर्देशक गौरी नेपालीको नेतृत्वमा यस कार्यक्रम बनाइएको हो। यसमा उहाँले दलित महिलाहरूले तयार पार्ने नयाँ पोडकास्ट श्रृङ्खलाको सुरुवातसँगै यसको महत्वबारे कुरा गर्नुहुनेछ। कार्यक्रममा पोडकास्टको पहिलो भाग प्रस्तुत गरिनेछ।

मन्थन 

आना स्टरः एसोसिएट प्रोफेसर, हवाई विश्वविद्यालय र जेएफपीका सल्लाहकार

सरिता परियारः जेएफपीका संस्थापक अध्यक्ष र फुलब्राइट स्कलर, कोर्नेल विश्वविद्यालय

कार्यक्रम

स्वागत मन्तव्यः डा. सुमित्रा मानन्धर गुरुङ, जेएफपीका संचालक

कार्यक्रम सञ्चालकः सोना खटिक, जेएफपीका कार्यकारी निर्देशक

मिति: २५ जेठ २०८२ 

समय : बेलुका ५:३०-७:३० 

अनलाइन मन्थनमा सहभागी हुन दर्ता गर्नुहोस् 

Registration For Zoom Meeting 2025