Schedule

When & where

common.venue

Starts: Aug 22, 2025 · 11:24 PM

This event has ended.

About

About this event

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत एमए वा एमफिल तहमा अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीमध्येबाट जस्ट फ्युचर्स पहल (जेएफपी) र मानवशास्त्र केन्द्रीय विभागको संयोजनमा ज्ञान उत्पादनका लागि शोध अनुसन्धान–वृत्तिका लागि दुई जना विद्यार्थी छनौट गर्न यो सूचना प्रकाशित गरिएको छ ।

 

न्यूनतम योग्यताको मापदण्ड:

  • जात–व्यवस्थासँग वर्ग वा लैंगिकता वा यौनिकताको अन्तरसम्बन्धमध्ये एक पक्षलाई अनुसन्धानको विषयवस्तु बनाएर शोध अनुसन्धान गर्नुपर्नेछ ।
  • आवेदक त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा मानविकी तथा सामाजिक शास्त्र संकायका कुनै पनि विषयमा एमए वा एमफिल तहमा अध्ययनरत दलित विद्यार्थी हुनुपर्नेछ । दलित महिला विद्यार्थीलाई प्राथमिकता दिइनेछ । 
  • स्नातकोत्तर तहका विद्यार्थीहरू अन्तिम वर्षमा हुनुपर्छ ।
  • एमफिल तहका विद्यार्थीहरू कार्यक्रममा भर्ना भएको हुनुपर्छ ।

     

शोध अनुसन्धान–वृत्तिका लागि छानिएका विद्यार्थीको जिम्मेवारी तथा सुविधा:

  • छनौटमा परेकाहरुमध्ये प्रतिविद्यार्थीलाई रु. १००,००० (एक लाख रुपैयाँ मात्र) अनुसन्धान–वृत्तिको रुपमा प्रदान गरिनेछ । 
  • वित्तीय सहायतासँगै अनुसन्धान र अध्ययनका लागि आवश्यक स्पेस जेएफपी सिकाइ केन्द्र (JFP Learning Center) मा उपलब्ध गराइनेछ ।
  • जस्ट फ्युचर्स पहलका विभिन्न सेमिनार र लेक्चर सिरिजमा उपस्थित हुने अवसर प्रदान गरिनेछ ।

 

आवेदनका लागि आवश्यक कागजातहरू:

१.  आफूले गर्ने वा गरिरहेको शोध अनुसन्धानको संक्षिप्त खाका (Abstract) बारे कम्तीमा पाँच सय शब्द लेखेर पठाउनुपर्नेछ ।

२. उत्प्रेरणाको पत्र (Motivational Letter): आफ्नो परिचय, अनुसन्धानको संक्षिप्त वर्णन र उक्त विषयमा अनुसन्धान गर्ने प्रेरणाबारे अधिकतम २ पृष्ठ लेख्नुपर्नेछ ।
३.  व्यक्तिगत विवरण (CV/ Bio-Data/ Resume) ।
४.  विद्यार्थी परिचयपत्र ।

५.  नागरिकता प्रमाणपत्र ।

६. पार्सपोर्ट साइजको फोटो ।

आवेदन कसरी बुझाउने:

१. विद्यार्थीलेसबै कागजातसहित आवेदन info@justfuturespahal.org, वा head@cda.tu.edu.np मा पठाउनुपर्नेछ । वा सिधै गुगल फर्म (लिंक: https://bit.ly/4lKq4fV) मा गएर आवेदन फारम भर्न सकिनेछ । अन्य माध्यमबाट पठाइएको आवेदन स्वीकार गरिने छैन ।
२. आवश्यक कागजात नपुगेको अधुरो आवेदन स्वीकार गरिनेछैन । 
आवेदन बुझाउने अन्तिम म्याद:

६ भदौ २०८२ (August 22, 2025) सम्म भित्र आवेदन पठाइसक्नुपर्नेछ । यस समयपछि बुझाइएको आवेदन स्वीकार गरिने छैन ।

जिज्ञासा वा थप जानकारीका लागि: head@cda.tu.edu.np, info@justfuturespahal.org मा ईमेल गर्न सक्नुहुनेछ । WhatsApp नं. + 977-97-67351369 मा सम्पर्क गर्नुहोस् ।

अनुसन्धानको भाषा:

विद्यार्थीले आफ्नो विश्वविद्यालय वा कलेजले निर्धारण गरेको भाषा वा आफ्नो रोजाइको भाषामा अनुसन्धान गर्न सक्नेछन् ।

*नोटः ज्ञान उत्पादनका लागि शोध अनुसन्धान–वृत्तिसम्बन्धी अन्य नियम छनौटमा परेका विद्यार्थीले पालना गर्नुपर्नेछ । सबै आवश्यक कागजातसहित आवेदन प्राप्त भएपछि मूल्याङ्कन समितिले आवश्यक प्रक्रिया पूरा गरी योग्य विद्यार्थीहरूको छनोट गर्नेछ ।

 

त्रिविवि, मानवशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर 

जस्ट फ्युचर्स पहल (जेएफपी), ललितपुर ।